बुटाबारी ।
दमकका कुसल युवा ब्यवसायी गंगाबहादुर खड्काले मनमाया आमा बाल गृहका बालबालिकाहरुसँग आफ्नो जन्मोत्सव मनाएका छन् ।
बन्दी सहायता नेपाल अर्जुनधारा–११ स्थित बालगृहमा रहेका १९ जना बालबालिकाहरुलाई न्यानो कपडा हाइनेक सुरुवाल र खाद्यान्न साथै जुनकीरी सामुदायिक प्राथमिक बिद्यालयका एक सय विद्यार्थीहरुलाई बिद्यालय टोपी प्रधानाध्यापक रन्जित परियारलाई हस्तान्तरण गरेका छ्न्।
दिन दुःखीहरुलाई सहयोग गर्दा खुसी लाग्ने भएकाले फजल खर्च नगरी सामाजिक उतरदायित्व अनुसार बृद्ध आस्रम, अपांग असाय बालबालिकाहरुलार्इ सहयोग गर्न मन रहेकोले आफ्नो ३४ औ जन्मोत्सव मनाउन दमकबाट यहाँ आएको खडकाले बताए ।
सामाजिक ब्याक्तित्व काजी राउतको अध्यक्षता भएको कार्यक्रममा अतिथि रितिका डेरि उद्योगका मेचिनगरका सन्चालक सुमन चिमरिया, समाजसेवी निर्मला पाठक प्रधानाध्यापक रन्जित परियार अभिकर्ता तेजमनी प्रसाईं हिमालय ढुंगाना लगायतले सराहनीय कार्यको प्रशंसा गर्दै शुभकामना व्यक्त गरेका थिए ।


















