बिर्तामोड । 

प्रबिधिमैत्री शिक्षक समाज नेपाल झापाको आयोजनामा डिजिटल शैक्षिक सामाग्री प्रदर्शनी तथा अन्तरक्रिया कार्यक्रम भएको छ । 

झापाको बिर्तामोडमा शनिवार (आज) भएको एक दिने अन्तरक्रिया कार्यक्रमको उद्घाटन प्रबिधिमैत्री शिक्षक समाज नेपालका केन्द्रिय अध्यक्ष भूपति बस्यालले गरेका थिए । 

प्रबिधिमैत्री शिक्षक समाज नेपाल झापाका अध्यक्ष टीकप्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमलाई जय ड्रिमल्याण्ड पार्क बिर्तामोड र नोबल टेक्नोलोजि स्टिम प्रालिले सहयोग गरेका थिए । 

स्वागत प्रबिधिमैत्री शिक्षक समाज नेपाल झापा महिला उपाध्यक्ष मैया दाहालले गरेको कार्यक्रमको सञ्चालन सचिव तीलक गजमेरले गरेका थिए । डिजिटल शैक्षिक सामाग्री प्रदर्शनी तथा अन्तरक्रिया कार्यक्रमको सहजीकरण केन्द्रिय अध्यक्ष बस्याल, केन्द्रिय प्राविधिक समिति संयोजक घनश्याम अधिकारी, प्रदेश नं. १ प्राविधिक समिति संयोजक संजय खत्री, नेपालका प्रदेश अध्यक्ष बालकुमार रेग्मी, झापा अध्यक्ष सुवेदी, सचिव गजमेर, झापा सदस्य कर्मा शेर्मा, प्रेम कटुवाललगायतले गरेका थिए । 

उद्घाटन कार्यक्रममा कनकाई क्याम्पसका संस्थापक जयनारायण ढुङ्गाना, बिर्तामोड नगर शिक्षा अधिकृत दिनेश आचार्य, प्रदेश नं. १ क्यान अध्यक्ष रोशन दाहाल, मेचीनगर युवा तथा खेलकूद शिक्षा प्रमुख होम भण्डारी, हल्दिबारी युवा तथा खेलकूद शिक्षा प्रमुख जनककुमारी राईलगायतले शुभकामना मन्तब्य राखेका थिए ।