हल्दिबारी । 

झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर ३ मा रहेको पञ्चायत माध्यमिक बिद्यालयका दुई जना शिक्षकले जन्मोत्सवको अवसरमा बिद्यार्थीलाई पोशाक वितरण गरेका छन् । 

बिद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद बनको हिजो (सोमवार) परेको जन्मदिन र शिक्षिका हरिमाया मिश्रको अस्ति (आइतवार) परेको जन्मदिनको अवसर पारेर सोमबार दुवै जना शिक्षकले सो बिद्यालयका  कक्षा २ र ३ का   सम्पूर्ण बिद्यार्थीलाई पोशाक बितरण गरेको शिक्षक अभिषेक खतिवडाले जानकारी दिए । 

जन्मोत्सवमा क्याण्डल बालेर टाउकोमा टोपी लगाएर केक काट्ने परम्परा हिन्दूहरुमा नभएको बताउँदै प्रअ बनले जन्मोत्सवमा गरिने फजुल खर्चलाई रचानात्मक तथा सकारात्मक बनाउन सवैमा आग्रह गरेका छन् ।  प्रअ बन र शिक्षिका मिश्रले संयुक्त रुपमा कक्षा २ र ३ मा अध्ययनरत सवै बिद्यार्थीहरुलाई बिद्यालयको पोशाकको सर्ट र पेन्ट प्रदान गरेर जन्मदिन मनाएका थिए । 

उक्त बिद्यालयका केही शिक्षकले केही समय अघिबाट जन्मदिनलाई रचानात्मक बनाउने उदेश्यले उक्त परम्पराको थालनी गरेका थिए ।