हल्दीबारी । 

झापाको हल्दिबारी गाउँपालिका वडा नं ३ मा अवस्थित रामेश्वर आधारभूत विद्यालयमा चार कोठे भवन निर्माणका लागि शिलान्यास भएको छ । 

संघीय सरकारको शशर्त अनुदानतर्फ २५ लाख बजेट प्राप्तसँगै भवनको निर्माणका लागि बुधबार (आज) शिलान्यास गरिएको हो। कुल २५ लाख २७ हजार २६० रूपैयाँ ७१ पैसाको लागतमा आगामी २०८० बैशाख २५ गते निमार्ण सम्पन्न गर्ने गरी एन्जेलिना कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि सिराहाले मिति २०७९ कार्तिक २९ मा पालिकासँग सम्झौता सम्पन्न गरेको थियो ।

भवन निमार्णको शिलान्यास हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनले गरेका हुन्। शिलान्यास कार्यक्रममा उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, वडाध्यक्ष विष्णुप्रसाद ओली, वडा सदस्य कर्णबहादुर भण्डारी, बिद्यालयका प्रअ मेनका शर्मा दाहाल, व्यवस्थापन समिति अध्यक्ष यशोदा भुजेल, विद्यालयका शिक्षिकाहरु लगायत जग्गादाता, प्राविधिक, स्थानीय बुद्धिजीवी लगायतको उपस्थितिमा सम्पन्न भएको छ।