सुरुङ्गा । 

कनकाई नगरपालिकाले आर्थिक बर्ष २०८०/०८१ मा नगरलाई बालमैत्री घोषणाको तयारी गरेको छ । आगामी २०८० भाद्र २९ गते नगरलाई बालमैत्री घोषणाको तयारी गर्दै कनकाई नगरले तीन वटा वडालाई आर्थिक बर्ष २०७९/०८० मा बालमैत्री घोषणाको तयारी गरेको छ । 

चालु आर्थिक वर्षमा कनकाई वडा न ५, ६ र ८ लाई वालमैत्री वडा घोषणाको तयारी गरिएको नगर बाल कल्याण अधिकारी उमानाथ ढकालले जानकारी दिए । 

वालमैत्री घोषणा गर्ने तयारीसँगै बालस्रोत ब्यक्तिको नियुक्ति गरिएको छ । रुद्रमणि पोख्रेल र  प्रजेश खनाल स्रोत व्यक्ति, नगरका सबै वडामा बाल क्लब गठन, वालमैत्री घोषणा गर्ने तयारीका लागि वडा–वडामा विभिन्न सचेतना मुलक तथा  अन्तरक्रिया कार्यक्रम निरन्तर भइरहेको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिए । 

kankai ball

नगर बालमैत्री घोषणाका लागि नगरमा बालबालिकाको मनोपरामर्श कक्ष र स्तनपान कक्षको स्थापना गरिएको जनाइएको छ । 

त्यस्तै बालमैत्री नगर घोषणाका लागि नगर प्रमुख राजेन्द्रकुमार पोखरेल नेतृत्वको टोलीले नगरका बिभिन्न स्थानको अनुगमन, बालमैत्री नगर घोषणाका उपप्रमुख आशा शर्मा शिवाकोटीको नेतृत्वमा सूचना सिकाई केन्द्र स्थापना गरी कार्य अगाडि बढाइएको, नगरका प्रत्येक वडाध्यक्षको संयोजकत्वमा बालमैत्री वडा घोषणा गरी कार्य गरिरहेको जनाइएको छ ।

आगामी बर्ष भदौ २९ गतेलाई बालमैत्री नगर घोषणाका लागि नगरका सवै वडा तथा टोलमा सचेतना, अन्तरक्रिया कार्यक्रम गरिने नगरका कर्मचारी बिजय पाठकले जानकारी दिए ।