काँकरभिट्टा ।
झापाको मेचीनगर नगरपालिकास्थित काँकरभिट्टामा सञ्चालित होटल हिकोला हेरिटेजले तेस्रो बर्ष पूरा गरेर चौथो बर्ष प्रवेश गरेको अवसरमा विविध कार्यक्रम गर्ने भएको छ ।
![](/uploads/advertise/amiti collage_1719659707.jpg)
होटल हेरिटेजले शनिवार (आज) काँकरभिट्टास्थित होटलमा पत्रकार भेटघाटको आयोजना गरी आगामी माघ २६ गते पर्ने स्थापना दिवस मनाउने तयारीसँगै तीन दिने विभिन्न कार्यक्रम सार्वजनिक गरेको हो ।
होटल हेरिटेजले माघ २६, २७ र २८ गते सांगितिक कार्यक्रमसहित बिबिध कार्यक्रम गरेर स्थापना दिवस मनाउने तयारी गरेको होटल हिकोला हेरिटेज प्रालिका प्रवन्ध निर्देशक देवीभक्त श्रेष्ठले जानकारी दिएका छन् ।
![](/uploads/advertise/bells add 2_1719834723.jpg)
आगामी माघ २६ गते नेपाल भित्रिने पर्यटकलाई सिमा नाकामा पुगेर स्वागत सम्मान गर्ने, जातीय सस्कृति झल्किने सांस्कृतिक नृत्यहरु समावेश गरिने, साहित्य संगीत र कलाको संगम साहित्य चौतारीका कलाकर्मीको प्रस्तुती, युवा वर्ग सहभागीतामा पर्यटन प्रवर्धनका लागि रचानात्मक कार्यक्रम पनि सञ्चालन गरिने, बिभिन्न जातीयको झाँकी प्रस्तुत गरिने प्रबन्ध निर्देशक श्रेष्ठले बताए ।
माघ २६ गते गायक याम बरालको एकल प्रस्तुती, २७ गते गायक नाम्गेल तामाङ र कृपा पौडेलको सांगितिक प्रस्तुती, २८ गते गजलकार प्रदीप रोदनको एकल गजल बाचनसहित साहित्य चौतारीसहित स्थानीय कलाकारहरुको प्रस्तुती रहने जनाइएको छ । २०७६ माघ २६ गते स्थापना भएको होटलको उद्घाटन प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले गरेका थिए ।
![](/uploads/advertise/newtons add_1719832473.jpg)
सिमावर्ती नाका काँकरभिट्टाबाट पैदल मार्ग हुँदै नेपाल भित्रिने पर्यटकको सुबिधालाई ध्यानमा राखेर काँकरभिट्टामा सञ्चालनमा ल्याएको होटलले स्थापनाको छोटो अवधिमा धेरै पर्यटकहरुलाई स्वागत तथा सम्मान गरेको श्रेष्ठले जानकारी दिए ।
काँकरभिट्टामा लाखौँ रुपैयाँको लगानीमा होटल हिकोला हेरिटेज स्थापना भएको केही समयमा कोरोना भाइरस महामारी शुरु भएको थियो । छिमेकी मित्रराष्ट्र भारत लगायतका मुलुकबाट पर्यटक आगमनदर शून्य हुँदा पनि व्यवसायलाई टिकाइ राखेको श्रेष्ठले बताए ।
स्थापना दिवसका अवसरमा होटलले एक हप्तासम्म उक्त होटलमा आउने पर्यटकलाई खानामा ३० प्रतिशत, कोठामा २० प्रतिशतसहित खाजा उपलब्ध गराउने होलका अध्यक्ष गौरव श्रेष्ठले जानकारी दिए । पत्रकार भेटघाट कार्यक्रममा साहित्य चौतारीका अध्यक्ष हस्त परियार, साहित्य चौतारीकी खगेन्द्र खुसी, देबीचरण भण्डारी, कृष्ण निराकार, होटलका ब्यवस्थापक विवेक गिरीलगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन साहित्य चौतारीकी सुनिता तामाङले गरेकी थिइन् ।