सुरुङ्गा । 

श्री हरिकुल नमूना माध्यमिक बिद्यालयले २८ औं बार्षिकोत्सव बिबिध कार्यक्रम गरी मनाएको छ । झापा कनकाई नगरपालिका वडा नम्बर –३ स्थित सुरुङ्गामा रहेको श्री हरिकुल नमूना माबिले सांस्कृतिक कार्यक्रमसहित २ दिने बार्षिकोत्सव मनाएको हो । 

बिद्यालयले यसै बर्षदेखि माघ २२ र २३ गते २ दिने बार्षिकोत्सव मनाउने निर्णय अन्तरगत कार्यक्रम आयोजना गरेको हो । बिद्यालयकी प्रबन्ध निर्देशक डा. गृशा रावल थापाको अध्यक्षतामा भएको बार्षिकोत्सवको उद्घाटन कनकाई नगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका राजेन्द्रकुमार पोखरेलले गरेका हुन् । 

बार्षिकोत्सवका अवसरमा बिद्यार्थाीहरुले निर्माण गरेका विभिन्न बस्तुहरुको प्रदर्शनी, सांस्कृति कार्यक्रम अन्तरगत गीत तथा नृत्यहरुसमेत प्रस्तुत गरेका थिए । 

hari kul

स्वागत बिद्यालयका शिक्षक मुक्तिनाथ दाहालले गरेको कार्यक्रममा प्रमुख अतिथि पोखरेल र अभिभावक संघका अध्यक्ष लीला चिमरियाले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको औचित्यमाथि प्रकाश बिद्यालयकी प्रबन्ध निर्देशक डा. गृशा रावल थापाले पारेको कार्यक्रममा प्रिन्सिपल रोशन खत्री (केसी) ले बिद्यालयका शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

प्रिन्सिपल खत्रीले प्रस्तुत गरेको प्रतिवेदन अनुसार नर्सरीदेखि कक्षा १२ सम्म अध्यापन हुने उक्त बिद्यालयमा ५ वटा भवन, ५३ वटा कक्षा कोठा, एउटा चमेना गृह, ८९० जना बिद्यार्थी र शिक्षक, शिक्षिका र कर्मचारी गरेर ७५ जना रहेका छन् । कार्यक्रममा कनकाई ३ का वडाध्यक्ष युवराज चम्लागाई, बिद्यालयका संस्थापक अध्यक्ष चन्द्रप्रसाद मैनाली, कनकाई घाट सेवा समितिका महासचिव नारायणप्रसाद ओलीलगायतको उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रमको सञ्चालन शिक्षक सन्दिप मुरासैनीले गरेका थिए । बार्षिकोत्सव भोली सोमवार सम्पन्न हुने जनाइएको छ ।