मोरङ ।

मोरङका तीन दर्जन गरिब दलित छात्राहरुलाई मानव अधिकार तथा शान्ति समाज नेपालले पढाइमा प्रोत्साहन दिइरहेको छ । विपन्न दलित छात्राहरुको माध्यमिक  शिक्षामा पहुँच बढाउन गत बर्षदेखी पाँच बर्षे छात्राबृत्ती अभियान सञ्चालन गरि शान्ति समाज नेपालले मोरङको कटहरी र धनपालथान गाउँपालिकाका तीन दर्जन गरिब दलित छात्राहरुलाई बर्षेनी छात्राबृत्ती प्रदान गरि पढाईमा प्रोत्साहन गर्न थालेको हो । 

‘छोरी पढाऔ गरिमा बढाऔँ’ भन्ने आह्वानसहित ६ कक्षामा पढने दलित छात्राहरुलाई गत बर्षदेखी छात्राबृत्ती प्रदान गर्न थालिएको र  कक्षा १० सम्म पुगुन्जेल निरन्तर जनही १२हजारका दरले छात्रबृत्ती प्रदान गरिरहने मानव अधिकार तथा शान्ति समाजका निवर्तमान सभापति गोबिन्द खनालले बताए । 

पुर्व सभापति खनालका अनुसार  समाजले यो बर्षका लागि २५ माघमा मोरङको कटहरी गाउँपालिका स्थित थलाहाको  जनता माविमा औपचारिक कार्यक्रम आयोजना जम्मा ३४ जना दलित छात्राहरुलाई जनही १२ हजार रुपैया छात्राबृत्ती प्रदान गरेको छ । छात्राबृत्ती पाउनेहरुमा कक्षा ७ मा अध्यनरत कटहरी थलाहा स्थितजनता माविका  २७ जना र धनपालथान गाउँपालिकाको दादरबेरिया स्थित सरस्वती माविका ७ जना विपन्न दलित छात्राहरु रहेका छन् ।  

शान्ति समाज नेपालले पहिलो वर्ष २०७८ मा ६ कक्षामा अध्ययनरत ३७ जना बालिकालाई छात्रवृत्ति प्रदान गरेको थियो । तर ती मध्ये तीन जनाले बिद्यालय छाडेकोले यो बर्ष ३४ जनाले मात्र छात्रबृत्ती पाएका छन् ।  

छात्रबृत्ती वितरण कार्यक्रममा शान्ति समाज नेपालका केन्द्रिय सभापति रामकृष्ण बराल, पुर्व उपसभापति गोबिन्द खनाल , उत्तम पुडासैनी , सचिव लक्ष्मीनारायण मिश्र , मोरङका सभापति प्राडा जीवन ढकाल सहभागी थिए । कार्यक्रममा   जनता माविका प्रअ रामनारायण बिश्वास, सरस्वती माविका शिक्षकहरु हरी कट्टेल, भगवान पुडासैनी, धन थापा, लगायतले शान्ति समाजले दलित समुदायका छात्राहरुको शिक्षामा पहुँच बढाउन थालेको पाँच बर्षे छात्राबृत्ती अभियानको प्रंशंसा गरेका थिए ।  

पाँच वर्षसम्म प्रदान गरिने यो छात्रवृत्ति अभियानका लागि यो बर्ष शान्ति समाजका सदस्य र   शुभचिन्तकहरु रामप्रसाद जोशीले २ जना, अनुजा खनालले २ जना, संवत थापाले २ जना र उर्मिला पराजुलीले २ जनालाई सहयोग प्रदान गरेका थिए । 

यसैगरी रामकृष्ण बराल, गोविन्द खनाल, होमकान्त चौलागाई, उत्तम पुडासैनी, रत्नलक्ष्मी श्रेष्ठ, कृष्णबहादुर रावल, डिकप्रसाद घिमिरे, विकास थापा, नम्रता खरेल, सुदीप रिजाल, किरण ढकाल, भेषराज पोखरेल, डिल्लीबहादुर कार्की, दिलबहादुर कार्की, कोमलप्रसाद शर्मा, यमुना कँडेल, रामबाबु दाहाल, लोचन रिजाल, राजेन्द्र खनाल, भैरव रिजाल, अच्युत बराल, मीना चौलागाई, राधिका खनाल, लक्ष्मी बराल, अपूर्वा शर्मा र आर्या पाण्डेले पनि यो छात्रवृत्ति अभियानमा सहयोग गरेका थिए ।