बिर्तामोड । 

लुकेर बसेको प्रतिभालाई प्रस्फुटन गर्न सहयोग पुर्याउन बिर्तामोडमा दि–नेक्ट ड्रिमस् इन्टरटेन्टमेन्टको आयोजनामा झापा सिङगिङ एण्ड डान्सिङ स्टार २०२३ प्रतियोगिता हुने भएको छ । 

इन्टरटेन्टमेन्टले मंगलबार (आज) झापाको बिर्तामोडमा पत्रकार भेटघाट गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको हो । प्रतियोगिताका लागि दमकमा आगामी फागुन २३ गते र बिर्तामोडमा फागुन २४ गते अडिसन गर्ने इन्टरटेन्टमेन्टका सञ्चालक सुदिप जोशीले जानकारी दिए । उनका अनुसार फागुन ३० गते दमक र बिर्तामोडमा कोरियो राउण्ड गरिनेछ ।

dancing

त्यस्तै चैत्र ७ गते बिर्तामोडमा प्रतियोगिताका लोक राउण्ड गरिने साथै बैशाख २ गते सेमि फिनाले र बैशाख १६ गते ग्रेण्ड फिनाले गरिने इन्टरटेन्टमेन्टका सञ्चालक जोशीले बताए । प्रतियोगिताका लागि फारम खुल्ला गरिएको जनाइएको छ । 

प्रतियोगितामा प्रथम हुनेले एक लाख रुपैयाँ नगद पुरस्कारसहित आफु छानेको गायक तथा गायिकासँग एल्बम रेकडिङको अवसर साथै गिफ्ट हेम्पर दोस्रो हुनेल नगद रु ३० हजार र एल्बम रेकडिङको अवसर साथै गिफ्ट हेम्पर र तेस्रो हुनेले नगद १० हजार र एल्बम रेकडिङको अवसर साथै गिफ्ट हेम्पर प्राप्त गर्ने कार्यक्रम संयोजक दिनेश श्रेष्ठले बताए ।

प्रतियोगितामा एकसय देखि १५० जनाले सहभागीता जनाउने आयोजक संस्थाले लक्ष्य लिएको छ । अनुमानित ९ लाख खर्च हुने र उक्त खर्च आयोजक संस्थाले ब्यहोर्ने जनाइएको छ ।