बिर्तामोड । 

कला साहित्यका क्षेत्रमा युवाहरुको भुमिका अभिबृद्वी गर्ने उदेश्यले झापाको बिर्तामोडमा केबि आर क्रिएशन ग्रुपको गठन भएको छ । केबिआर प्रोड्क्शनका प्रबन्ध निर्देशक तथा सञ्चारकर्मी  भरत प्रसाईको संरक्षकत्वमा गठित समुहले कलमको माध्यमबाट आवाज विहिन हरुको आवाज बुलन्द गर्ने जनाइएको छ । 

क्रिएशन गुु्रपका अध्यक्ष जिना अधिकारीको अध्यक्षतामा आयोजीत कार्यक्रमा सञ्चारकर्मी चेतन सापकोटा र  बसन्त नेपालले संस्थालाई जीवन्त राख्न लगनशिल्ता र उदेश्य परक काम हुनु पर्नेमा जोड दिए। समुहको  विविध गतिविधि प्रकाशन, प्रसारण गर्न देव बास्कोटाको संयोजकत्वमा २ सदस्यीय कार्यदल गठन गरिएको संरक्षक प्रसाईले बताए।

नव गठित केबिआर क्रिएशन ग्रुपमा उपाध्यक्ष  रेजिना बास्कोटा, सचिव प्रशान्त बाग्ले, सह–सचिव प्रेमिका पाण्डे, कोषध्यक्ष, मुना काफ्ले र सदस्यहरुमा ओमनारायण राजवंशी, नितु मण्डल, अल्सा बस्नेत, दिपिन विश्वकर्मा र मुना खड्का चयन भएका छन्। शनिवार(आज) आयोजीत कार्यक्रममा झापा भरिका ३५ जना नयाँ तथा पुराना श्रष्टाहरुको गजल तथा भावना रेकर्ड गरेको संस्थाका प्रेस संयोजक बास्कोटाले जानकारी दिए।

कसैका प्रभावमा परेर यो समुह गठन नगरेको बताउदै सचिव वाग्लेले अन्तरनिहित प्रतिभा उजागर गर्नु नै यसको उदेश्य रहेको बताए । आज बसेको पहिलो बैठकले महिनाको पहिलो आइतबार मासिक  रचना बाचनलाई निरञ्तरता दिने निर्णय गरको प्रेस संयाजक बास्कोटाले बताए।