झापा । 

नेपाल दशनामी समाजको छैटौं राष्ट्रिय महाधिवेशन सुनसरीको इटहरीमा शुरु भएको छ । २ दिनसम्म चल्ने महाअधिवेशनमा ६१ जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको केन्द्रिय सचिव अशोक गिरीले जानकारी दिए । 

इटहरीमा हुने महाधिवेशन आज ११ बजेदेखि शुरु हुने जनाइएको छ । आजदेखि शुरु हुने महाधिवेशनमा सांगठानिक तथा प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्ततुपछि पास गरी नयाँ नेतृत्व चयन गर्नुका साथै दशनामी समाजको हक, अधिकार, पहिचानका बिषयमा विभिन्न महत्वपूर्ण समसामयिक प्रस्तावहरु पारित गर्दै महाधिवेशन सम्पन्न हुने अजनाइएको छ ।

महाअधिवेशनमा प्रमुख अतिथि अनन्तश्री विभूषितः प्रथम महिला जगत गुरु शंकराचार्य माता हेमानन्द गिरीजी रहेकी छिन् भने विशिष्ट अतिथिका रुपमा विश्वगुरु  दशनाम गोश्वामी समाज भारतका राष्ट्रिय अध्यक्ष कमलेश गिरी रहने  सचिव गिरीले बताए । 

नेपाल दशनामी समाज वैदिक सनातन धर्मका आरध्यदेव शिवका सन्तान, जय गुरु शंकराचार्यका अनुयायी गिरी, पुरी, भारती, बन, सागर, सरस्वती, तीर्थ, आरण्य, पंचत र आश्रमको छाता संस्था हो । हालसम्म सातै वटा प्रदेश र ६७ जिल्लामा संगठन विस्तार भएको अध्यक्ष रुद्र गिरीले जानकारी दिएका छन् ।