चारआली । 

झापाको मेचीनगर १३ स्थित चारआलीमा रहेको पाउ पाथिभरा धाममा चैत ८ देखि १६ गतेसम्म श्रीमद्भागवत महापुराणको आयोजना हुने भएको छ । 

पण्डित शान्तिराम नेपालको प्रमुख बाचकत्व रहेको पुराणमा पण्डित पुन्यप्रसाद रिजालको उपबाचकत्व रहने पुराण आयोजक समितिले शुक्रवार (आज) धाम परिसरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

२०७१ सालमा स्थापना भएको समितिको प्रतिवद्धता अनुसार प्रत्येक बर्ष चैत तथा रामनवमीका अवसरमा १८ औं पुराणको आयोजना गर्ने उदेश्यले आयोजना गरिएको यो छैटौ पुराण भएको आयोजकले जनाएको छ । धार्मिक पर्यटनलाई प्रर्वद्धन गर्ने र पाथिभरा देबीको महिमाको प्रचारप्रसार गरी त्यसको आधारमा पाथिभरा धामलाई प्रमुख धार्मिक गन्तब्य बनाएर उक्त क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार गर्ने योजना रहेको पाउ पाथिभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष तीलकप्रसाद गिरीले जानकारी दिए ।

pathivara

पुराणको उद्घाटन सभामुख देबराज घिमिरेले गर्ने आयोजक समितिले जनाएको छ भने बिशिष्ट अतिथिका रुपमा सांसद विश्वप्रकाश शर्मा रहने जनाइएको छ ।पुराण सम्पन्न गर्न बिभिन्न १४ वटा उप–समितिहरु निर्माण गरिएको प्रचारप्रसार समितिका संयोजक यामनाथ बरालले बताए । पुराणमा अनुमानित ८ देखि १० लाख खर्च हुने आयोजकले जनाएको छ ।

पछिल्लो समय चारआलीमा रहेको पाउँ पाथिभरामा देश तथा बिदेशका हिन्दु धर्मालम्बीहरुको आस्थाको केन्द्र बन्दै गएको छ । पत्रकार सम्मेलनमा सल्लाहकार लोकराज ढकाल, जगन भट्टराई, प्रेमराज घिमिरे, अग्निदेव लुईटेल सचिव नवराज भट्टराईलागायतको उपस्थिति रहेको थियो ।