बिर्तामोड । 

नेपाल शिक्षक संघ झापाको पद हस्तान्तरण कार्यक्रम आज सम्पन्न भएको छ ।नवौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी सदस्यहरुको प्रमाणपत्र वितरण तथा पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस झापाका सभापति देउकुमार  थेवेले तमाम विद्यार्थी वर्गलाई लोकतान्त्रिक आचरण, अनुशासन र सृजनात्मक कार्यमा उत्प्रेरणा जगाउन शिक्षकहरुलाई आग्रह गरेका छन् ।

कार्यक्रममा नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई झापा कांग्रेस सभापति देउकुमार थेवे, उपसभापति केशवराज पाण्डे र सचिव कृष्ण हुमागाईले प्रमाणपत्र वितरण गरेका थिए ।

शिक्षक संघ झापाका नवनिर्वाचित सभापति तोयानाथ दाहालले शैक्षिक गुणस्तर वृद्धि र शिक्षक संघको संगठन विस्तारमा क्रियाशील रही लोकतन्त्रवादीहरुले बलियो बनाउन क्रियाशील रहने प्रतिबद्धता जाहेर गरेका छन् ।

निर्वाचन समितिका संयोजक प्रकाश भण्डारीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा निवर्तमान सभापति नेत्र खरेलले जिल्ला अधिवेशन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

निर्वाचन समितिका सदस्य होमराज ढकालले पदाधिकारी परिचय र प्रमाणपत्र वाचन गर्नुभएको कार्यक्रमको सञ्चालन निर्वाचन समितिका अर्का सदस्य युवराज ढकालले गरेका थिए ।