धनकुटा ।

धनकुटाको धनकुटा नगरपालिका–९ स्थित तमोर नदीमा  डुबेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा  धनकुटा नगरपालिका–९ कि ४५ बर्षीया मसिनि बिक रहेकि छन् । 

नदीमा लुगा धुने क्रममा चिप्लिएर लड्दा उनको नदीमा डुबेर  मृत्यु भएको हो । घटना स्थलमा तत्काल खटिएको प्रहरी टोलीले मृतकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा पठाएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।