अर्जुनधारा । 

झापाको अर्जुनधारा–११ को जुनकीरी सामुदायिक प्राथमिक बिद्यालय र मनमाया आमा बालगृहलाई मधुसूदन र देबीमाया बरालले स्टिल दराज तथा डस्बिन प्रदान गरेका छन् ।

स्वर्गीय भाइ भक्तिप्रसाद बरालको स्मृतिमा अमेरिकाको आहायो कलम्बसमा रहेका दाजु–भाउजु मधुसूदन तथा देबिमाया बराल, निरु शर्मा, लक्ष्मी बराल लगायत परिवारले बालगृहमा रहेका बालबालिकाहरुलाई एक छाक खाना खुवाउदै  स्टिल दराज १ थान र २ थान डस्बिन हस्तान्तरण गरेका हुन् ।  

कार्यक्रममा अमेरिकाबाट सम्झेर सहयोग गर्ने बराल परिवार र सहजकर्ता सामाजिक ब्याक्तित्व तनुजा शर्मालाई  अध्यक्ष जगतबहादुर मगर र प्रधानाध्यापक  रन्जित परियारले  धन्यवाद व्यक्त गरेका छन् ।