लक्ष्मीपुर । 

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा आवद्ध कर्मचारीहरुको एकीकृत कर्मचारी संगठनको दोस्रो महाधिवेशनवाट पुनः अध्यक्षमा यादवप्रसाद घिमिरे सर्वसम्मत चयन भएका छन् । 

बिर्तामोडमा शनिवार भएको अधिवेशनबाट घिमिरे सर्वसम्मत चयन भएका हुन् । १५ सदस्यीय कार्य समिति रहेको संगठनको वरिष्ठ उपाध्यक्षमा टेकप्रसाद अधिकारी, उपाध्यक्षमा टोमप्रकाश दाहाल, महिला उपाध्यक्षमा रमिता गुरुङ, सचिवमा सालिकराम भट्टराई, कोषाध्यक्षमा विश्वास निरौला र उप–सचिवमा कुलप्रसाद प्रसाई चयन भएका छन् । 

त्यस्तै सदस्यमा युवराज दर्लामी मगर, विशाल निरौला, किशन मुर्मु, भविन्द्र तुम्बापो, रेवतीप्रसाद घिमिरे, विष्णु घिमिरे, महिला सदस्यमा अञ्जना श्रेष्ठ र गौरी सुवेदी चयन भएका छन् । 

अविवेशन संगठनका अध्यक्ष यादपप्रसाद घिमिरेको अध्यक्षता तथा कोशी प्रदेश कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । समितिको कार्यकाल २ वर्षको रहने व्यवस्था रहेको छ ।