झापा ।
झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित पुण्डरी चौकबाट प्रहरीले प्रतिबन्धित लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरी चौकी बिर्ताबजारको प्रहरी टोलीले ईलामको चुलाचुली गाउँपालिका वडा नम्बर ४ का २७ बर्षिय सुरेश लिम्बुलाई नियन्त्रणमा लिएको हो ।
लिम्बुलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ १६ ग्राम ८०० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले बुधवार साँझ अन्दाजी १९ः१५ बजेको समयमा लिम्बुलाई नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रण गरिएका लिम्बुलाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रबक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिएका छन् ।


















