बिराटनगर ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बस्तोला कार्यालयले पदभार ग्रहणसँगै जिल्ला प्रहरी प्रमुहरुलाई निर्देशन दिएका छन् । 

 उनले निमित्त कोशी प्रदेश प्रहरी प्रमुखको रुपमा कार्यालयको पदभार ग्रहण गरेका हुन् । नेपाल प्रहरी प्रधान कार्यालयको मिति चैत्र १३ गतेको पत्रादेश अनुसार कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानी बिराटनगरबाट यस कार्यालयमा काज सरुवा भएका  प्रहरी वरिष्ठ उपरीक्षक बास्तोलाले मंगलबार (आज) कार्यभार सम्हालेका हुन् । 

प्रहरी वरिष्ठ उपरीक्षक बास्तोलाले पदभार ग्रहणसँगै जिल्ला प्रहरी प्रमुखहरुलाई भिडियो कन्फरेन्सद्वारा निर्देशन दिएका छन् । उनले कोशी प्रदेशका १४ वटै जिल्ला प्रहरी प्रमुखहरुलाई भिडियो कन्फरेन्सद्वारा निर्देशन दिएका छन् ।

निर्देशनको क्रममा उनले अपराध अनुसन्धान तथा नियन्त्रण, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन, लागुऔषध, चोरी तस्करी नियन्त्रण, सिमावर्ती अपराध नियन्त्रणमा चुस्त दुरुस्त रुपमा खटिई बर्तमान चुनौती र समस्याहरुको समाधान गरी समाजमा शान्ति सुरक्षा कायम राख्न निर्देशन दिएका हुन् ।