झापा ।
ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको संयुक्त टोलीले प्रतिबन्धित लागू औषधसहित स्कुटी र दुई जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा झापाको शिवसताक्षी नगरपालिका वडा नं.१ का २४ बर्षिय प्रजन्त राई र स्कुटी पछाडी सवार बाँके नेपालगञ्ज उप–महानगरपालिका वडा नं.६ घर भई हाल विर्तामोड नगरपालिका वडा नं.१ डेरा गरी बस्ने २१ बर्षिय शोहन भडेललाई नियन्त्रणमा लिएको हो ।
झापाको मेचीनगर नगरपालिका वडा नं.६ पुरानो मेचीपुलबाट भारतदेखि नेपालतर्फ आउँदै गरेको मे.१० प.३८०७ नम्बरको स्कुटीमा सवार उनीहरुलाई शंका लागि चेकजाच गर्दा स्कुटीको भाईजरमा लुकाएर ल्याउदै गरेको खैरो हिरोईन जस्तो देखिने लिसाईलो पदार्थ ४ ग्राम फेला परेको थियो ।
लागूऔष फोला परेसँगै दुबै जनालाई स्कुटीसहित नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय काकँरभिट्टामा राखेर थप अनुसन्धान कार्य भईरेहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ


















