झापा ।
झापाको मेचीनगर नगरपालिका वडा नम्बर ५ नकलबन्दा टोलबाट प्रतिबन्धित लागू औषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय नकलबन्दा, सशस्त्र प्रहरी बल र नेपाल आउट पोष्ट नकलबन्दाको संयुक्त प्रहरी टोलीले ४६ बर्षिय विशाल शर्मालाई नियन्त्रण गरेको हो ।
प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउदै गरेका ललीतपुरको ललीतपुर महानगरपालिका वडा नं.१३ घर भई हाल मोरङको लेटाङ नगरपालिका वडा नं.३ बस्ने शर्मालाई शंका लागेर शरीर खानतलासी गर्दा प्रतिबन्धित लागुऔषध खैरो हेरोईन जस्तो देखिने लिसाईलो पदार्थ १० ग्राम, नेपाली २८ हजार ६१५ र साम्सुङ मोवाईल १ थानसहित नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका शर्मालाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















