झापा ।
झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ पुरानो मेचीपुलबाट प्रतिबन्धित लागू औषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय काकँरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको संयुक्त टोलीले विर्तामोड नगरपालिका वडा नं. ५ धिमाल चौकका २६ बर्षिय अर्जुन सुव्वालाई नियन्त्रणमा लिएको हो ।
भारतबाट नेपालतर्फ पैदल आउदै गरेका सुव्वालाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट प्रतिबन्धित लागूऔषध खैरो हिरोईन जस्तो देखिने लिसाईलो पदार्थ ४ ग्राम फेला परेकोले प्रहरीले जनाएको छ ।
सुब्बालाई लागू औषधसहित नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















