झापा ।
लागू औषध मुद्दाका फरार झापा कमल गाउँपालिका वडा नम्बर ४ का पुष्प चेम्जोङलाई प्रहरीले पक्राउ गरेको छ । झापा जिल्ला अदालतको मिति २०७७/१०/०५ गतेको फैसला अनुसार लागू औषध मुद्दामा फरार रहेका २७ बर्षिय चेम्जोङलाई प्रहरीले आइतवार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले चेम्जोङलाई पक्राउ गरी फैसला कार्यन्वयनको झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको हो ।
पक्राउ गरिएको चेम्जोङलाई अदालतको आदेश अनुसार कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । चेम्जोङलाई ६ महिना कैद तथा सजाय र २ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।


















