झापा ।
झापाबाट लागू औषध मुद्दाका फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा–८ का २२ बर्षिय गोपाल चौधरी र शिवसताक्ष–११ का २१ बर्षिय बिनय भन्ने बिनम मगर रहेका छन् ।
चौधरी झापा जिल्ला अदालतको मिति २०७८/६/२० गतेको फैसला अनुसार लागू औषध मुद्दामा फरार र मगर झापा जिल्ला अदालतको मिति २०७८/०६/२० गतेको फैसला अनुसार लागुऔषध मुद्दामा फरार रहेका प्रतिवादी हुन् ।
दुवै जनालाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोली र ईलाका प्रहरी कार्यालय झिलझिले आइतवार पक्राउ गरेको हो ।
उनीहरु दुवैजनालाई फैसला कार्यन्वयनको लागि सोमवार झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको थियो । अदालतको आदेश अनुसार उनीहरुलाई कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका दुबै जनालाई ८ महिना कैद सजाय र १० हजार रुपैयाँ जरिवाना तोकिएको छ ।


















