दानाबारी ।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था दानाबारी सेवा केन्द्रले स्थापना दिवसमा २० जना ७० बर्ष नाघेका शेयर सदस्यलाई सम्मान गरेको छ । सकोसको २८ औं स्थापना दिवसका अवसरमा मंगलबार (आज) माई नगरपालिका भरिकै जेष्ठ नागरिक १०६ बर्षिया टंकमाया भट्टराईलाई समेत सम्मान गरिएको सेवा केन्द्र प्रमुख त्रिलोचन तिम्सिनाले जानकारी दिए ।
सेवा केन्द्र सञ्चालन उप–समितिका संयोजक सेतु तामाङको अध्यक्षतामा भएको कार्यक्रममा माई नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष उर्दवहादुर राईको प्रमुख आतिथ्य रहेको थियो ।
स्वागत सेवाकेन्द्र कर्मचारी राजेन्द्र शेर्मा लिम्वुले गरेको कार्यक्रममा औचित्य माथि प्रकाश सेवाकेन्द्र सन्चालन सहयोग उप–समिति सदस्य टंकनाथ शर्माले पारेका थिए ।
सेवा केन्द्र प्रमुख त्रिलोचनले संस्थाको समग्र संस्थागत तथा सेवा केन्द्रको गितिविधिका बारेमा जानकारी गराएको कार्यक्रममा रेडक्रस सोसाइटी दानाबारी उपशाखाका सभापति मित्रप्रसाद गौतम, गरुवा बहुमुखी क्याम्पसका प्रमुख भुपाल अधिकारी, जेष्ठ नागरिक समाजका अगुवा नेत्रप्रसाद भट्टराई, वडा सदस्य ज्ञानवहादुर कटुवाल र खगीमाया राईलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा एकसय ७० बढीको उपस्थिति रहेको सेवा केन्द्र प्रमुख तिम्सिनाले बताए । कार्यक्रमको सञ्चालन सेवा केन्द्र कर्मचारी अम्बर लिम्बुले गरेका थिए ।

















