संखुवासभा।
संखुवासभाको खाँदबारी नगरपालिका–२ बाट प्रतिबन्धित अफिमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खाँदबारीको प्रहरी टोलीले चेकजाँच तथा खानतलासीको क्रममा खाँदबारी–२ का ६७ बर्षीय गोपाल भट्टराईले साथमा बोकेको तथा घरमा लुकाई राखेको २७ ग्राम ६८ मिलिग्राम अफिम बरामद गरेको हो ।
प्रतिबन्धित अफिमसहित पक्राउ परेका भट्टराईको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।


















