झापा ।
झापाबाट नक्कली कागजपत्रसहित तीन वटा मोटरसाइकल र एक जना ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । झापा अर्जुनधारा नगरपालिका वडा नं.३ खुदुनाबारीबाट हल्दिबारी गाउँपालिका वडा नं.१ का ४४ बर्षिय जगतबहादुर लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।
लिम्बुले नक्कली ब्लुबुक बनाई मोटरसाइकहरू बिक्रिबितरण गरी रहेको भन्ने सुचनाको आधारमा अस्थाई प्रहरी चौकी खुदुनाबारीको प्रहरी टोलीले लिम्बुलार्ई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
लिम्बुको साथबाट बाग्मती प्रदेश ०२–०३८ प ३१६३ नम्बरको केटीएम डुक मोटरसाइकल र त्यसको ब्लुबुक थान –१, बाग्मती प्रदेश ०२–०३६ प १६५३ नम्बरको केटीएम डुक मोटरसाइकल र त्यसकोे ब्लुबुक थान –१, बाग्मती प्रदेश ०२–०३५ प १६६६ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल र त्यसको ब्लुबुक थान –१, न्यु धनुषा ट्रेड्रसको पान बिल थान ८, त्यसको स्टाम्प थान १ र स्टाम्प प्याड थान १, न्यु धनुषा ट्रेडर्सको खरिद बिक्रि सम्झौता पत्र थान १ र जगतबहादुर लिम्बु र कुमार शाक्यको नामको जग्गा खरिद बिक्रीको सम्झौता पत्र थान १ फेला परेको प्रहरीले जनाएको छ ।
उक्त सामानहरुसहित मोटरसाइकलहरु र लिम्बुलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















