हल्दीबारी । 

झापा क्षेत्र नम्बर क्षेत्र ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय  अध्यक्ष राजेन्द्र लिङ्देनको गृह क्षेत्र हल्दीबारी गाउँपालिकामा अत्यावश्यक एम्बुलेन्स र दमकल विहिन छ ।

आकस्मिक बिरामी, असहाय, गरीब तथा सडक दुर्घटनामा परेका व्यक्तिहरूलाई अस्पतालसम्म पु¥याउन बिर्तामोड तथा भद्रपुरबाट एम्बुलेन्स बोलाउनु पर्ने बाध्यता रहेको छ । टाढाबाट एम्बुलेन्स आउन समय लाग्ने कुनै बेला त्यहाँ पनि  एम्बुलेन्स तयारी अबस्थामा नहुने भएको कारण उच्च जिखिममा रहेका बिरामी अस्पतालमा पुर्याउन ढिलाइ भई ज्यानै समेत जाने खतरा रहेको स्थानीय प्रेमराज न्यौपाने बताउँछन् ।

२०७४ सालको स्थानीय चुनाबमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हल्दीबारी गाउँपालिका अध्यक्ष बनेका थिए अध्यक्ष राजेन्द्र लिङ्देनका भाई रबिन्द्र लिङ्देन, उपाध्यक्ष निर्वाचित थिए डम्बरबहादुर गिरी तर, उनीहरूले पालिकाका लागि स्कापियो गाडी र जेसिबि तत्काल किने तर एम्बुलेन्स र दमकल किन्न वा कतै दातृनिकायहरूसँग माग गर्न ठोस पहल कदमी गरेनन् । 

त्यस क्षेत्रबाट पटकपटक चुनाब जितेर गएका राजनीतिक पार्टीको राष्ट्रिय अध्यक्ष हुँदै उप–प्रधानमन्त्री बनि सकेका राजेन्द्र लिङ्देनले आफ्नो गृह क्षेत्रमा अति आवश्यकीय कुरामा व्यवस्था मिलाउन नसक्नु अत्यन्तै दुःखत र बिडम्वना भएको दिपक उप्रेतीले बताए ।

हल्दीबारी गाउँपालिकाले आधारभूत अस्पताल भने सञ्चालन भने गरेको छ । तर, अस्पतालसम्म बिरामी आईपुग्ने साधनको भने अभाब छ ।  अस्पताल प्रशासनलाई हल्दीबारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुखलाई यसबारे ठोस काम के गर्नु भएको छ भन्ने जिज्ञासा गर्दा कुनै ठोस काम भएको कागजात उपलब्ध भएन ।

 अस्पताल प्रशासनले हल्दीबारी गाउँपालिकाले र संसद लिङ्देनले, प्रदेश तथा संघीय सरकारलाई एम्बुलेन्स, दमकल माग गरेको अवस्था देखिदैन । त्यसतर्फ जिम्मेवार ब्यक्तिको ध्यान गएको पनि देखिदैन । दातृ निकाय र अन्य संघ–संस्थालाई पनि एम्बुलेन्स र दमकल उपलब्ध गराईदिन आग्रह गरेको देखिदैन । त्यस क्षेत्रमा रहेका नेपाल रेडक्रस सोसाइटी उप–शाखा जलथलले सञ्चालन गरेको एम्बुलेन्स पनि लामो समयदेखि बिग्रिएकोले थन्किएर राखिएको छ भने हल्दिबारी र गोलधापमा भने छैन ।