झापा ।
झापाको बिभिन्न स्थानबाट २ लाख ३३ हजार २ सय १० रुपैयाँ बराबरको भञ्सार छलेको सामाग्री प्रहरीले नियन्त्रण गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले झापा जिल्लाको बिभिन्न स्थानबाट भारतबाट भञ्सार छलेर नेपालतर्फ अवैध रुपमा ल्याउदै गरेको उक्त रकम बराबरको सामान नियन्त्रणमा लिएको हो ।
रसवरी, स्न्याक्स, प्लास्टीक, चिनी, मिश्री, सुपाडी, नरीवल, खाने तेल, बिडि, सुर्ती, मोबिल, सिङक्क, झुल, र बिभिन्न सामानसहित प्रहरीले कपडा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
नियन्त्रण गरिएको सामाग्री आवश्यक कार्बाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















