झापा ।
पाँच महिना अघि लागूऔषध सम्बन्धि मुद्दामा झापा कारागारमा सजाय काटिरहेकी आमा भेट्न आएकी छोरी पनि लागू औषधसहित पक्राउ परेकी छिन् । लागूऔषध सम्बन्धि मुद्दामा झापा कारागारमा सजाय काटिरहेकी आमा भारती राजवंशीलाई भेट्न आउने मेचीनगर नगरपालिका वडा नम्बर १३ की २० बर्षिया अनुजा राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो ।
आमालाई भेट्न आउने क्रममा अनुजामाथि शंका लागेर प्रहरीले निगरानीमा राखेको थियो । सोही क्रममा बुधवार प्रहरी चौकी चारआलीको प्रहरी टोलीले झापा मेचीनगर–१३ स्थित धाईजन चोक बिभिन्न सवारी साधनहरु चेकजाँच गर्ने क्रममा अनुजालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अनुजा राजबंशीलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट लागूऔषध ब्राउन सुगर ९ ग्राम फेला परेकोले नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















