हल्दीबारी । 

झापाको हल्दीबारी गाउँपालिका वडा नं. ४ ले तीन महिने एडभान्स बेसिक कम्प्यूटर तालिम सञ्चालन गर्ने भएको छ । आर्थिक बर्ष २०७९/०८० को लागि स्वीकृत सिपमुलक कार्यक्रम अन्तर्गत ३ महिने एडभान्स बेसिक कम्प्यूटर तालिम सञ्चालन गर्न लागेको हो । 

छनौटमा परेका २५ जनालाई उक्त लालिम प्रदान गर्न लागिएको वडाध्यक्ष सन्तकुमार  थापाले जानकारी दिए । तालिममा सहभागिताका लागि ४ नम्बर वडावासीलाई आवेदन माग गरिएको र निर्धारित समयभित्र निवेदन पेश गर्ने २५ जनालाई तालिम प्रदान गर्न लागिएको हो । अन्य ६ जना बैकल्पिकमा रहेको समेत वडाध्यक्ष थापाले बताए ।

  बिहीवार वसेको वडा समितिको बैठकले छनौट आवेदकहरुलाई बैशाख १० गतेदेखि वडा नम्बर ४ को सभाहलमा तालिम प्रदान गर्ने निर्णय गरेको जनाइएको छ । 

वडाध्यक्ष थापाले एडभान्स बेसिक कम्प्यूटर तालिम ६ महिना गराउने बताउँदै यस आर्थिक बर्षमा ३ र आगामी आर्थिक बर्षमा ३ महिना गराउने जानकारी दिए ।