हल्दीबारी । 

झापाको भद्रपुर नगरपालिका र हल्दिबारी गाउँपालिकामा दुई दिनदेखी बिद्युत सेवा अवरुद्ध भएको छ । नेपाल बिद्युत प्राधिकरण भद्रपुर वितरण केन्द्रको सब–स्टेशनभित्र समस्या हुँदा दुई पालिकामा शनिवार बिहान ३ बजेदेखि बिद्युत सेवा अवरुद्ध भएको हो ।

लामो समयसम्म बिद्युत सेवा अवरुद्ध हुँदा स्थानीय समस्यामा परेका छन् । भद्रपुर वितरण केन्द्रका प्रमुख राजमणि बजगाईंका अनुसार सब स्टेशनभित्रको ११ केभी इनकर्भरमा समस्या आएको हो ।

समस्या आएपछि विराटनगरबाट प्राविधिक टोली बोलाएर मर्मत कार्य भइरहेको बताउँदै उनले भने ‘यस चन्द्रगढी Sub–Staton  मा Testing & Commissioning of supplied 33KV DS & VCB जडान गरेपश्चात उक्त VCB पड्केको कारणले लाइन सुचारु हुन सकेन आज बेलुकासम्म नयाँ VCB जडान भैसकेपछि लाइन सुचारु हुने छ। यसबाट ग्राहक वर्गमा पर्न जाने असुबिधा प्रति नेपाल बिधुत प्राधिकरण भद्रपुर बितरण केन्द्र क्षमा प्रार्थि छ।