बिर्तामोड ।
नेपाल प्रेस युनियन झापा शाखाको १० ओैं अधिवेशन वैशाख ३१ गते हुने भएको छ । शुक्रबार बिर्तामोडमा सम्पन्न प्रेस युनियन झापाको बैठकले वैशाख ३१ गते आईतबार जिल्ला अधिवेशन गर्ने निर्णय भएको युनियन झापाका अध्यक्ष इन्दु पूर्वेलीले जानकारी दिइन्।
युनियन झापाको अधिवेशनले १९ सदस्यीय जिल्ला कार्यसमिति चयन गर्ने छ । अध्यक्ष पूर्वेलीको अध्यक्षतामा बसेको बैठकले अधिवक्ता नारायण पौडेलको संयोजकत्व तिन सदस्यीय निर्वाचन समिति समेत गठन गरेको छ ।
निर्वाचन समितिमा युवराज ढकाल र कल्पना कडरिया सदस्य रहेका छन्।

















