बुट्टाबारी । 

अर्जुनधारा नगरपालिका वडा नम्बर ११ प्रगतिटोलको १२ घरमा जोखिमपूर्ण बिधुतीय सेवा सेवाग्राहीले लिन बाध्य बनेका छन् । प्रत्येक चुनावी समयमा पोल तारको ब्यवस्थापन गरिदिने आश्वासन नेताले दिएपनि १० बर्ष बितिसक्दा पनि जोडिएको सयौं मिटर कालो तारबाट अरुको घर माथिबाट ल्याइ जोखिमपूर्ण बिजुली बाल्न बाध्य भएका हुन् । 

नगर र वडाले पनि त्यति ध्यान नदिएको दलित बस्ती रहेको र शनिश्चरे सब स्टेशन कार्यालयमा पटक–पटक निवेदन र मौखिक अनुरोध गरेपनि सुनवाई नभएको स्थानीय तेजबहादुर ओनेम बताउछन् । 

नेताको दवाब हो या आर्थिक प्रलोभनमा सोही स्थानको दुई चार घरलाई हुने गरि दुई चार वडा बिजुलीको पोल गाडी तार टागीएता पनि स्थानीय जग्गा धनी राई परिवारले बिजुली जडान गर्न दिएका छैनन हाल बिना प्रयोग अलपत्र रहेको छ । प्रत्येक बर्ष बर्षायाममा कालो तार रुख पातले चुडाउने र नयाँण्नयाँ घरहरु बन्ने हुँदा लामो लत्रीएको कालो तार हटाइ दिन छिमेकीको दवाव रहेको बताउदै बिर्तामोड केन्द्र बिधुत कार्यालयलाई पनि निवेदन गरे पनि दुइवटा पोल लाएर बेखवर छन् ।

सम्पर्क गर्दा पोल आउँदैछ लगाइ दिने आश्वासन मात्र आएको स्थानीय हस्त परियार बताउछ्न् । कुनैपनि बेला मानविय क्षति हुने र यसको जिम्मेवार सम्बन्धित निकायले लिनु पर्ने गाउँहरुलेको भनाई छ ।