झापा ।
झापाको कमल गाउँपालिका वडा नम्बर ६ स्थित भित्रि सडक खण्डबाट दुई लाख ७० हजार रुपैयाँ बराबरको काठसहित ट्याक्टर प्रहरीले नियन्त्रण गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय दमकको संयुक्त प्रहरी टोलीले रोकी राखेको को १ त ७९६८ नं. को ट्याक्टरलाई शंका लागेर चेकजाँच गर्दा ट्याक्टरमा लोड भएको ५४.३२ क्यु.फिट सखुवा जातको काठ प्रहरीले नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणपछि जम्मा १० लाख ७० हजार रुपैयाँ बराबरको ट्याक्टर र काठलाई आवश्यक कार्वाहीको लागि डिभिजन बन कार्यालय चन्द्रगढी झापामा बुझाइएको छ । उक्त काठका बिषयमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















