बिराटनगर ।

मोरङको सुन्दरहरैचा नगरपालिका–९ गोठगाउँ स्थित रहेको कोशी प्रदेश प्रहरी तालिम केन्द्र परिसरमा प्रशिक्षार्थी प्रहरी ब्यारेक भवनको शिलान्यास भएको छ । बुधवार (आज) कोशी प्रदेश प्रहरी तालिम केन्द्रले आयोजना गरेको एक कार्यक्रमका बिच कोशी प्रदेश प्रहरी  प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले प्रशिक्षार्थी ब्यारेक भवनको शिलान्यास गरेका हुन् । 

उनले भवन निर्माणमा सबै पक्षले आफ्नो हो भनि मन बचन कर्मले सहयोग गर्न आग्रह गर्दै गुणस्तरीय भवन समयमै निर्माण सम्पन्न गरी हस्तान्तरण गर्न निर्माण कम्पनीलाई अनुरोध समेत गरे । 

नेपाल सरकारको १६ करोड ८० लाख ४३ हजार ९ सय ६० रुपैया ४३ पैसाको नियमित बजेटबाट निर्माण हुन लागेको ब्यारेक भवनमा ३ सय जना प्रशिक्षार्थी अट्ने गरी ३ तलाको भवन बन्ने छ । प्रहरी उपरीक्षक अनिल रानाले भवन निर्माण सम्बन्धि प्रतिवेदन पेश गर्नु भएको थियो भने कोशी प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी वरिष्ठ उपरीक्षक राजन अधिकारीले धन्यवाद ज्ञापन गरेका थिए । 

भवन शिलान्यास कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय धरानका निमित्त प्रमुख प्रहरी उपरीक्षक भीम बहादुर दाहाल, राजमार्ग सुरक्षा ट्राफिक ब्यवस्थापन कार्यालय इटहरी, प्रदेश प्रदेश प्रहरी गण रानी, जिल्ला प्रहरी कार्यालय मोरङ तथा सुनसरीका प्रहरी प्रमुखहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।