झापा । 

हराएको भ्रम फैलाएर सम्पर्क बिहीन भएको ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हराएको बहाना बनाएर भ्रम फैलाउने बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ का ३२ बर्षिय पुर्ण भन्ने शेर बहादुर सुहाङ र मिलेमत्तो गर्ने सोही स्थानका ३९ बर्षिय  प्रेम भन्ने फुलबहादुर गौतम दर्जीलाई प्रहरीले नियन्त्रण गरेको हो । 

 गत बैशाख ३१ गते झापाको बुद्धशान्ति–३ बालुवाटार चौकमा नेपाल तरुण दल बुद्धशान्तिका सभापति करण लाबुङको नेतृत्वमा अन्दाजी ९०÷१०० जनाको संख्यामा भेला भएर भ्रष्टचार विरुद्धको बिरोध कार्यक्रम सुहाङले फेसबुकमा उक्त भ्रष्टाचार विरुद्धको बिरोध कार्यक्रमका आयोजकहरुलाई  आघात पुग्ने गरी फेसबुकमा स्टाटस लेखी शेयर गरेको बेपत्ता भएका थिए । 

नेपाल तरुण दल बुद्धशान्तिका केही ब्यक्तिसँग बिबाद भएपछि सुहाङ बेपत्ता भएकोले  खोजतलास गरी पाउँ भनेर उनका आफन्तहरुले ईलाका प्रहरी कार्यालय धुलाबारीमा जेठ १ गते हुलिया निवेदन दिएका थिए । 

जेठ २ गते संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको लेटर प्याडमा लिम्बुवान भोलेन्टियर्स (एल.भी.) ईन्चार्ज शेर बहादुर सुहाङलाई सकुसल अपहरण मुक्त गरी दोषीलाई कडा कार्वाही गर्ने ब्यहोराको प्राप्त प्रेस बिज्ञप्ती समेतलाई मध्यनजर गर्दै घटना सम्बन्धमा तालिम प्राप्त कुकुर समेतको प्रयोग गरी प्रहरीले बैज्ञानिक अनुसन्धान गरेको थियो । 

बुद्धशान्ति–४ का उनका साथी प्रेम भन्ने फुलबहादुर गौतम दर्जीको मिलेमत्तोमा  बुद्धशान्ति–७ पैनि बगरमा सुहाङले आफुले लगाएको टि–सर्ट च्याति, घडीसमेत चुडाएर फाली भ्रम सिर्जना गरी सम्पर्क बिहिन भएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । 

भ्रम फैलाई सम्पर्क बिहिन हुने सुहाङ र मिलेमत्तो गर्ने दर्जीलाई जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले स्थानियहरु समेतको सहयोगमा बुधवार ईलामको रोङ गाउँपालिका वडा नं.४ स्थित बिरिङखोलाको पुलमुनीबाट फेला पारी नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।