• राजु बराल 

चन्द्रगढी ।

प्रेस क्लब भद्रपुरको आयोजनामा दुई दिवशिय आधारभुत पत्रकारिता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । भद्रपुर नगरपालिकाको आर्थिक सहयोगमा नगर क्षेत्र भित्रका पत्रकारहरुको क्षमता बढाउने उद्देश्यले भद्रपुरमा भएको कार्यक्रम आज (आइतबार) सम्पन्न भएको हो । 

भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न समापन कार्यक्रममा प्रशिक्षक पत्रकार युवराज गौतम र  प्रेस क्लबका पुर्व अध्यक्ष गोबिन्द चन्द क्षेत्रीले शुभकामना मन्तब्य राखेका थिए । 

प्रेस क्लब भद्रपुरका अध्यक्ष राजबाबु शंकरको अध्यक्षता,  गोपाल गिरी र डिल्लीरमण नेपालको सन्चालन रहेको कार्यक्रममा सहभागी तर्फ इशा प्रधान र दिलिप राइले आ–आफ्नो धारणा राखेका थिए। प्रशिक्षणको पहिलो दिन पत्रकार युवराज गौतम र दोस्रो दिन पत्रकार डिकेश लामाले सहजिकरण गरेका थिए ।