उदयपुर।

उदयपुरको कटारी नगरपालिका–१२ चिलाउनेमा चट्याङ लागेर एकजना बालकको मृत्यु भएको छ ।

मंगलबार बिहान ९ बजे स्थानिय निमा तामाङको १२ बर्षिय छोरा खड्गबहादुर तामाङलाई गोठमा बसिरहेको अवस्थामा अबिरल बर्षासँगै परेको चट्याङले लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको हो । 

मृतक लाशको कानुनी प्रकृया पुरा गरी आफन्तलाई बुझाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको कोशी प्रदेश प्रहरीले जानकारी दिएको छ ।