विर्तामोड । 

नेपाली कांग्रेस झापाले बिर्तामोड साना शहरी खानेपानी तथा सर–सफाई उपभोक्ता समितिको आगामी जेठ १५ गते हुने निर्वाचनमा लोकतान्त्रिक राष्ट्रवादी प्यानलका आधिकारिक उम्मेद्वारलाई अत्याधिक मत दिई विजयी गराउन आग्रह गरेको छ ।

पार्टीका सभापति देउकुमार थेवेले एक विज्ञप्ति जारी गर्दै अध्यक्षमा मेघराज बास्तोला, उपाध्यक्षमा शैलेस सिटौला, सचिवमा पारसमणि मैनाली र कोषाध्यक्षमा शारदा रिजाल प्यानलका आधिकारिक उम्मेद्वार रहेको उल्लेख गरेका छन् ।

त्यसैगरी खुल्ला सदस्यमा आनन्द गुरुङ, खगेन्द्रकुमार थापा र महिला सदस्यमा कमला अग्रवाल, बालादेवी खरेल, मायादेवी प्रधान आधिकारिक उम्मेद्वार रहेको विज्ञप्तिमा उल्लेख छ ।

पार्टी नीति बिपरित कांग्रेस क्रियासिल सदस्य  देबेन्द्र सिटौलाले अध्यक्षमा, प्रदेश  क सहसचिव केशवकुमार श्रेष्ठले कोषाध्यक्षमा र क्रियासिल सदस्य बलराम सिटौला (राम) ले उम्मेद्वारी दिएको उल्लेख गर्दै विज्ञप्तिमा तिनै जनालाई नेपाली कांग्रेस विर्तामोड नगर समिति र नेपाली कांग्रेस क्षेत्र नं २, प्रदेश क समितिको सिफारिस अनुसार केन्द्रमा कारवाहीका लागि पठाइएको जनाइएको छ ।