अर्जुनधारा । 

अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्थाले आगामी वर्ष धानको बीज बृद्धी गर्ने योजना अघि सारेको छ । धानको बीउमा नगरक्षेत्रका कृषकलाई आत्मनिर्भर बनाउन ८० विगाह क्षेत्रफलमा  धानको  रैथाने जातको बीऊ मात्र नभई वीउ, विक्री गरेर कृषकको जीवनस्तर उठाउने योजनाले अघि सारेको हो । 

धानसँगै सहकारीले रैथाने जातको मकैको बीऊ समेत उत्पादन गर्न कृषकलाई सहयोग गरिरहेको सहकारीका अध्यक्ष प्रत्युस राना मगरले जानकारी दिए । अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्थाले धानबाली बृद्धि सम्बन्धि अगुवा कृषकसँग दुई दिने अभिमूखिकरण तालिम आयोजना गरेको छ ।  सहकारीले नगरका कृषकसँग बीज बृद्धीका लागि दुई दिने तालिमको आयोजना गर्दै सहकारीले गर्ने कार्यक्रमकका बीषयमा जानकारी दिइएको छ ।  

तालिमको उद्घाटन कोशी प्रदेशका कृषि उद्योग तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले बिहीवार (आज) गरेका हुन् । बिहीवार र शुक्रवार अर्जुनधारा नगरको सभाहलमा हुने तालिममा नगरका अगुवा कृषकहरुको सहभागीता रहने जनाइएको छ । 

sahakari arj

तालिमको उद्घाटनपछि सम्बोधन गर्दै मन्त्री सिटौलाले नेपाल कृषि प्रधान देशमा बाह्य देशबाट खाद्यन्य लगायतका बस्तु आयात बढ्दो रहेकाले यसलाई रोक्न लाग्नु पर्ने बताए । उनले कृषिमा भविश्य भएपनि कृषि पेशा अंगाल्नेहरुले नबुझिकन कृषि पेशा गरेका कारणले कृषकले वर्षेनि  ठूलो क्षति व्यहोर्नु परेको बताए । मन्त्री सिटौलाले कृषि कर्म गर्दा सम्वन्धित वालीको विषयमा पर्याप्त  ज्ञान लिएर मात्र  पेशा अंगाल्न सुझाव दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेव सिंह गोम्देनले तामाङले अर्जुनधारा नगरपालिका कृषिमा आधारित नगर भएको बताउँदै कृषकलाई कृषि उत्पादनमा सहयोग पु¥याउन विभिन्न खाले कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनले भने ‘अहिलेको प्रविधिको प्रयोग गर्दै उन्नत जातका बीऊ विजन उत्पादनमा जोड्न यो कार्यक्रम सञ्चालन गरिएको हो ।’

नगर प्रमुख बलदेबले नगर क्षेत्र भित्र उत्पादन भएका बस्तुले अहिले बजार नपाउने गरेको बताउँदै बजारको खोजी गर्न संघीय सरकार र प्रदेश सरकारलाई आग्रह गरेका छन् । स्थानीय सरकारको बजेटले मात्रै नगरले लिएको लक्ष्य सम्भव नहुने भएकाले प्रदेश र संघीय सरकारसँग समन्वय र सहयोग पु¥याउन तामाङले आग्रह गरेका छन् । 

नगर बिकास बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष प्रत्युस राना मगरको अध्यक्षतामा भएको  कार्यक्रममा स्वागत संस्थाकी सदस्य देवकला प्रसाईले गरेकी थिइन् ।

कार्यक्रममा पूर्व सांसद वृख प्रधान, कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्ट लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सहकारीका उपाध्यक्ष छत्र पौडेलले गरेका थिए ।

संस्थाले यस अघि दिएको तालिममा सहभागी भएर कृषिलाई व्यवसायिकरण गरेर उन्नत जातका बीउ, बीजन प्रयोग गरी उत्पादनमा जोड दिएको भन्दै तीन जना कृषकलाई सोही समारोहमा सम्मान समेत गरिएको थियो । तालिममा ६० जना भन्दा बढीको सहभागीता रहेको जनाइएको छ ।