झापा । 

नेपालको सिमान्तकृत जाती मेचे समुदायको संस्कार, धर्मसंकृति रहन–सहनमा आधारित नेपाली चलचित्र ‘बिक्रम देवा’ को छायङ्कन ७० प्रतिशत सम्पन्न भएको छ । चलचित्र निर्माण टोलीले छायङ्कनको कार्य ७० प्रतिशत भएको बताउँदै अबको १० दिनमा छायङ्कन कार्य सम्पन्न गरिने जनाएको हो । 

जय भोले बाबा फिल्म्स प्रालिको पहिलो प्रस्तुति सुहासी मेचेको मेचे भासामा आधारित चलचित्र ‘बिक्रम देवा’ पहिलो पटक मेचे भाषा तथा सस्कार झल्किने गरि निर्माण भएको चलचित्रका निर्माता प्रताप मेचेले बताएका छन् ।  मेचे समुदायको संस्कारमा निर्माण हुँदै गरेको चलचित्रले  मेचे समुदाय उत्साहित भएको बताइएको छ । 

२० प्रतिशत मेचे भाषा र ८० प्रतिशत नेपाली भाषामा निर्माण हुँदै गरेको चलचित्र बिक्रम देवा तीन महिनामा भित्रमा देश तथा बिदेशमा हिन्दी तथा अंग्रेजी भाषामा सहित डबिङ गरेर रिलिज गरिने निर्माता मेचेले जानकारी दिए । 

चलचित्रमा कथासँगै एक्सन तथा मनोञ्जन पनि भएकोले समग्र रुपमा एउटा मसेलादार चलचित्र साबित हुने  निर्माण पक्षको दावी छ । चलचित्रमा सुवास मेचे, प्रताप मेचे, उर्मिला कार्की, भावना मगर, सुनिल थापा, पुकार भट्टराई, बिपिन प्रसाई, रोहन सेन्चुरी, सुदिप खवास, बिक्रम बि.क, बिक्रम धिमाललगायतका कलाकारहरुको अभिनय रहेको चलचित्र निर्माण पक्षले जानकारी दिएको छ । 

झापा तथा इलामको बिभिन्न धार्मिक तथा पर्यटकीय स्थलमा छायांकन सम्पन्न गरिने चलचित्र केही दिन इलाममा छायांकन सकिएपछि सम्पूर्ण छायांकनको काम सम्पन्न हुने निर्माता मेचे बताएका छन् । चलचित्रको कथा निर्देशक कुमार केसी, कार्यकारी निर्माता प्रताप मेचे, क्यामरा बिक्रम डिसी, संगीत बिकास चौधरी, नृत्य कमल राई, द्धन्द्ध सन्तोष भुजेल, सिंगार दिलिप ठाकुरको रहेको छ । 

एक करोड रुपैयाँको लगानीमा निर्माण हुँदै गरेको चलचित्रमा कार्यकारी निर्माता रुबिन मेचे र साजन पौडेल रहेका छन् भने सहयोगीका रुपमा अर्जुन मेचे र सन्तोष मेचे रहेको चलचित्र निर्माण पक्षले जानकारी दिएको छ । 

झापाको चारआलीस्थित पाउ पाथिभरामा शुभ मुहूर्त गरिएको चलचित्र बिक्रम देवा झापामा मात्र रहेका लोपउन्मुख जाती मेचे समुदायको भाषा, संस्कार तथा संस्कृति प्रवर्धन गर्ने उदेश्यले निर्माण गर्न लागिएको निर्माता मेचेले जानकारी दिएका छन् ।