हल्दिबारी । 

झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर २ मा रहेको भेलागढी सामुदायिक वन क्षेत्रबाट पोखरी सर–सफाई गर्ने नाममा नदिजन्य पदार्थको उत्खनन गरिएको छ। हल्दिबारी गाउँपालिकाले उक्त कार्य गरेको हो ।

वन क्षेत्रमा रहेको पोखरी सफाइ गर्ने भन्ने निर्णय पालिकाले गरेको भएतापनि त्यहाँबाट ग्रावेल र नदिजन्य पदार्थ निकालिएको हो। उक्त क्षेत्रबाट ९०० टि«प्पर, ६४५ ट्याक्टर भन्दा बढी ग्रावेल स्काभेटर र टि«प्पर, ट्याक्टरको प्रयोग गरी (नदिजन्य पदार्थ) निकालिएको हो ।

उक्त सामाग्री हल्दिबारीको विभिन्न बाटोहरूमा ग्रावेलको रूपमा हालिएको जनाएको छ।  वडा कार्यालयहरूबाट प्राप्त सूचना अनुसार वडा नम्बर १ का विभिन्न बाटोहरूमा २३० टिप्पर, वडा नम्बर २ मा ३१५ टिप्पर ४३८ ट्याक्टर रहेका छन् । त्यसैगरी वडा नम्वर ३ मा जनप्रतिनिधिको रोहबरमा  ९० टि«प्पर र ४३ ट्याक्टर हालेर वडाले त्यसलाई निकासाको लागि गाउँपालिकामा सिफारिस गरिएको बताइएको छ। वडा नम्बर ४ मा १३६ टि«प्पर र १६४ ट्याक्टर हालिएको छ भने वडा नम्बर ५ मा १२९ टि«प्पर ग्रावेल हालिएको जनाईएको छ ।

उक्त कार्यको लागि गाउँपालिकाले १४ औं गाउँसभाबाट रकमान्तर गरी स्थानीय खोलाको ग्रावेल सामाग्री ढुवानी गरी मर्मत कार्यका लागि डम्पिङ तथा हल्दिबारी गाउँपालिका बिभिन्न बाटोहरू मर्मत गर्ने योजनाको लागि  ४० लाख बजेट छुट्याईसकेको छ।