मेचीनगर । 

आराध्य बचत तथा ॠण सहकारी संस्थाको संयोजनमा मेचीनगर ७ स्थित सरस्वती प्राविमा  एक दिने निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

संस्थाको संयोजनमा भएको आँखा शिविरमा मेचीनगर नगरपालिकाको आर्थिक सहयोग, दुर्गाचन्द्र मेमोरियल ट्रष्टको आयोजना तथा मेची नेत्रालय काँकरभिट्टाको प्राविधिक सहयोग रहेको थियो ।

मेचीनगर ६ र ७ का स्थानीयलाई लक्षित गरी आयोजना गरिएको निःशुल्क मोति विन्दु, जलविन्दु र टेरिजियम शल्यक्रिया शिविरमा मा दुई सय ६५ जनाले आँखा परिक्षण गराएका छन् । मेची नेत्रालयका दृष्टि बिशेषज्ञ योगेन्द्र राउतसहितको प्राविधिकले आँखा जाँच गरेका थिए । जसमा १० जनामा समस्या देखिएको जनाइएको छ।

शिविरमा समस्या देखिएकाहरुलाई मेची नेत्रालयले थप उपचार गर्ने छ । नगरपालिकाको पन्द्रवटै वडामा निःशुल्क मोतिविन्दु, जलविन्दु र टेरिजियम शल्यक्रिया शिविर सञ्चालन गर्ने कार्यक्रम विभिन्न वडामा सम्पन्न भईसकेको छ ।