- राजु बराल
चन्द्रगढी ।
महालक्ष्मी इन्स्योरेन्स कम्पनी चन्द्रगढी शाखाले मेनुका ढकाललाई मृत्यु दाबी भुक्तानी बापत ८ लाख ४० हजारको चेक हस्तान्तरण गरेको छ ।
बि।स।२०७८ माघ ३० गतेबाट पोलिसी शुरु गरेका बिमित सुमन कुमार ढकालको गत बर्ष कार्तिक २० गते निधन भए पश्चात नोमिनी मेनुका ढकाललाई उक्त चेक हस्तान्तरण गरिएको शाखा प्रमुख गिर्वाण भट्टराइले बताए ।
बिमित ढकालको एक किस्ता मात्र प्रीमियम प्राप्त भएको अवस्थामा बिमाङ्क ८ लाख र थप बोनस ४० हजार गरी चेक हस्तान्तरण गरिएको उनले जानकारी दिए।
सोही अवसरमा सम्पन्न एजेन्सी पुनर्ताजगी कार्यक्रमको सहजिकरण डिआरएम गुन्जन थापा र चन्द्रगढी शाखा प्रमुख गिर्वाण भट्टराईले गरेका थिए ।


















