बिर्तामोड। 

बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनको मत परिणाम अनुसार मेघराज बास्तोला नेतृत्वको प्यानल नै निर्वाचित भएको छ ।  बास्तोलाको नेतृत्वमा रहेको लोकतान्त्रिक राष्ट्रवादी प्यानल नै भारी मतान्तरले विजयी भएको हो ।

स्वतन्त्र प्रगतिशील प्यानलका तर्फबाट अध्यक्षका प्रत्यासी देवेन्द्र सिटौलालाई १ हजार ५९३ मतको फराकिलो मतान्तरले पछि पार्दै बास्तोला निर्वाचित भएका हुन् । बास्तोलाले २४६६ मत ल्याउँदा सिटौलाले मात्र ८७३ मत मात्र प्राप्त गरेका छन् । 

अन्य पदाधिकारी र सम्पूर्ण सदस्य पनि  लोकतान्त्रिक राष्ट्रवादी प्यानलबाटै निर्वाचित भएका छन् । उपाध्यक्षमा शैलेन्द्र सिटौला २०२८, सचिव पारस मैनाली २३४४ ,कोषाध्यक्ष शारदा रिजाल १५२१, खुल्ला सदस्यमा आनन्द गुरुङ १८१६, खगेन्द्र थापा १५९६ ,महिला सदस्यमा बालादेवी खरेल १८७६ , माया प्रधान खड्गी १९१४ र कमला अग्रवाल १८४४ मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।

यस्तो छ मतपरिणाम  :

niii