कनकाई । 

केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण झापाका अधिकांश  पालिकाले  विद्यालयहरु  बिदा गरेपनि  कनकाई–३ सुरुङ्गाको हरिकुल  नमूना माध्यमिक विद्यालयले भने नगरको आदेशको अस्विकार गर्दै विद्यालय  सञ्चालन गरेको पाईएको छ।

अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा समेत असर पर्न थालेकोले भन्दै  आगामी बर्खे बिदाबाट कट्टा हुनेगरी नगरपालिकाले विद्यालय बिदा गर्न सूचना जारी गरिएको गरेको छ । तर, हरिकुलले नगरको सूचनाको उल्लघन गर्दै अटेर गरेर बालबालिकाको स्वास्थ्यप्रति खेलवाड गरेको छ।

बिद्यालय बन्द गर्ने बिषयमा विद्यालयका प्रीन्सिपल रोशन खत्रीसँग जिज्ञासा राख्दा ‘अरु विद्यालयको थाहा भएन तर यतिको गर्मीमा हामी विद्यालय  लगाउछौ ।’ फेरि आगामी २२ गते विद्यालयले  कार्यक्रमको आयोजना गरेकाले पनि विद्यालय बिदा नगरिएको  भन्ने जबाफ दिएका छन् । प्याब्सन कनकाई नगर अध्यक्ष  बिनोद  सुब्बा नगरपालिकाले दिएको आदेश सबैले पालना गर्नै पर्ने र अहिलेसम्म अरु विद्यालय  लगाउने जानकारी आफुलाई नआएको र काम विशेषले प्रदेश राजधानी विराटनगर गएकाले  यस बारेमा बुजेर बताउने जानकारी गराए । 

कनकाई शिक्षा शाखाका हरिप्रसाद मिश्रले भने नगरमा २० वटा निजि तथा १४ वटा सामुदायिक विद्यालय  रहेको बताए । उनले सबै निजी, सामुदायिक  तथा धार्मिक विद्यालयमा अध्यन रत बालबालिकालाई आज एकदिन बिदा गर्न भनेको र भोलि शनिबार भएकाले त्यसको मैसमको ख्याल गर्दै नगरप्रमुख सँगको सल्लाह बमोजिम अगाडी बढ्ने बताए ।

यता कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले भने ‘हामीले नगरका सबै विद्यालयलाई बिदा दिन भनेको हो।’ उनले यदि कसैले विद्यालय  लगाउछ भने भोलि बालबालिकामा केही स्वास्थ्यमा असर पुगे स्वयंम विद्यालयले जिम्मेवारी लिनुपर्ने बताए । नगरको आदेश नमान्ने विद्यालयलाई नगरको शिक्षा शाखाबाट लिखत स्पष्टीकरण माग्ने समेत नगर प्रमुख पोखरेलले बताए । 

 अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा समेत असर पर्न थालेकोले भन्दै  आगामी बर्खे बिदाबाट कट्टा हुनेगरी झापामा पालिकाहरुले  दिनको समयमा लाग्ने  सबै जसो  विद्यालय बन्द गराएका  गराएका छन्। हरिकुलका बिद्यार्थी भने गर्मीले सबै विद्यालय बिदा हुँदा  विद्यालय लागेको भन्दै बिद्यार्थीहरुमा रुवावासी नै चलेको छ।