अर्जुनधारा । 

नेपालको सिमान्तकृत जाती मेचे समुदायको संस्कार, धर्म, संकृति रहन–सहनमा आधारित नेपाली चलचित्र ‘बिक्रम देवा’ छायङ्कनको अन्तिम चरणमा पुगेको छ ।  नेपालमै पहिलो पटक निर्माण हुन लागेको मेचे समुदायको ठूलो पर्दाको चलचित्र बिक्रम देवाको छायांङकन तीन दिन भित्रमा सम्पन्न हुने चलचित्र निर्माण पक्षले जानकारी दिएको हो । 

जय भोले बाबा फिल्म्स प्रालिको पहिलो प्रस्तुति सुहासी मेचेको मेचे भाषामा आधारित चलचित्र ‘बिक्रम देवा’ पहिलो पटक मेचे भाषा तथा सस्कार झल्किने गरि निर्माण भएको चलचित्रका निर्माता प्रताप मेचेले बताएका छन् । नेपालको झापामा मात्र बसोबास रहेको सिमान्तकृत जातीको रुपमा रहेको मेचे समुदायको संस्कृतिलाई उजागर गर्ने उदेश्यले निर्माण शुरु गरिएको चलचित्रको  ९९ प्रतिशत छाँयाङकन सकिएको निर्देशक कुमार केसीले जानकारी दिए ।

मेचे समुदायको भेषभुषा, धर्मसंस्कृति, रहनसहनलाई देश तथा बिदेशमा पहिचान गराउन चलचित्रको निर्माण गरिएको निर्माता अर्जुन मेचेले बताए ।  कमल राईले चलचित्रका लागि अन्तिम नृत्यको निर्देशन बुधवार (आज) अर्जुनधारास्थित सालबारी झिलमा गरिरहेको जानकारी दिए । 

bikram dewa

एक करोड रुपैयाँमा निर्माण गर्ने उदेश्यका साथ निर्माण शुरु गरिएको चलचित्र बिक्रम देवा हाल १  करोड ५० लाख रुपैयाँमा मात्र निर्माण सम्पन्न हुने अवस्था सिर्जना भएको निर्माता प्रताप मेचेले बताए ।  झापाका विभिन्न धार्मिक तथा पर्यटकीय स्थल र इलाममा छाँयाङकन गरिएको  चलचित्रमा ३ वटा गित  समावेश गरिएको छ ।  जसलाई गायक दिपक लिम्बु र मेलिना राईले आवाज दिएका छन् । 

चलचित्रमा कथासँगै एक्सन तथा मनोञ्जन पनि भएकोले दर्शकहरुले रुचाउने निर्माण पक्षको ठहर छ । चलचित्रमा सुवास मेचे, प्रताप मेचे, उर्मिला कार्की, भावना मगर, सुनिल थापा, पुकार भट्टराई, बिपिन प्रसाई, रोहन सेन्चुरी, सुदिप खवास, बिक्रम बि.क, बिक्रम धिमाललगायतका कलाकारहरुको अभिनय रहेको चलचित्र निर्माण पक्षले जनाएको छ । 

२० प्रतिशत मेचे भाषा र ८० प्रतिशत नेपाली भाषामा निर्माण हुँदै गरेको चलचित्र बिक्रम देवा हिन्दी तथा अंग्रेजी भाषा पनि डबिङ गरेर रिलिज गरिने निर्माण पक्षले जनाएको छ ।  चलचित्रको कथा निर्देशक कुमार केसी, कार्यकारी निर्माता प्रताप मेचे, क्यामरा बिक्रम डिसी, संगीत बिकास चौधरी, नृत्य कमल राई, द्धन्द्ध सन्तोष भुजेल र सिंगार दिलिप ठाकुरको रहेको छ ।

लोपउन्मुख जाती मेचे समुदायको भाषा, संस्कार तथा संस्कृति प्रवर्धन गर्ने उदेश्यले चलचित्र बिक्रम देवा निर्माण गरिएको अर्का निर्माता सुर्यबहादुर बस्नेतले जानकारी दिए ।