झापा । 

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था दानाबारी सेवा केन्द्रले सदस्यको मृत्युपछि परिवारलाई ५ लाख रुपैयाँ ऋण मिनाह गरेको छ । 

झापाको बिर्तामोड–२ स्थित चारपानेमा मुख्य कार्यालय साकोसको सेवाकेन्द्र दानाबारी मार्फत क्यान्सरका कारण मृत्यु भएकी सदस्य सुशिला राईको परिवारलाई संस्थाको कर्जा सुरक्षण कोष अन्तरगत ५ लाख रुपैयाँ ऋण मिनाह गरिएको सेवा केन्द्र प्रमुख त्रिलोचन तिम्सिनाले जानकारी दिए । 

साकोसको माई नगरपालिका वडा नं. १ मा रहेको मालती सहारा महिला समुह ३६ की सदस्य सुशिला १३ बर्षअघि देखि नियमित सदस्य भएको जनाइएको छ । 

दानाबारी सेवा केन्द्र सञ्चालन सहयोग समिति सदस्य टंकनाथ  शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय बुद्धिजिबी गोबिन्द सोताङ राई , सेवा केन्द्र कर्मचारी अम्बर लिम्बु, अभिभावक, समुह सदस्यलगायतको उपस्थिति रहेको थियो । 

ऋण मिनाह बापतको रकम प्राप्तपछि मृतक सुशिलाकी छोरी ज्योतीप्रभा राईले  आमालाई गुमाएपनि संस्थाले दुःख परेका वेला पारिवारिक तथा आर्थिक सहयोग गरेको बताउँदै सहारा साच्चिकै जीवनको सहारा भएको बताएकी छिन् ।