चन्द्रगढी ।

झापाको चन्द्रगढी स्थित सेन्ट कुजुर एकाडेमी माध्यमिक बिद्यालयमा किशोरी स्वास्थ्य अभिमुखिकरण कार्यक्रम आज (शुक्रबार) सम्पन्न भएको छ । 

बिद्यालयमा अध्ययनरत छात्राहरुलाई प्रजनन स्वास्थ्य, लागुपदार्थ दुर्ब्यसन, एचआइभि एडससहित पौस्टिक आहारको बारेमा जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको बिद्यालयका शिक्षक राजु बरालले बताए। 

भद्रपुर नगरपालिका स्वास्थ्य शाखाकी बिद्यालय नर्स जोस्ना बुढाथोकीले सहजिकरण गरेको कार्यक्रमको अध्यक्षता बिद्यालय सस्थापक इश्वरी उराउ र सन्चालन शिक्षक राजु बरालले गगरेका थिए ।