हल्दिबारी । 

हल्दिबारी गाउँपालिकाको गोलधाप स्वास्थ्य चौकी आर्थिक बर्ष २०७९/८०  को न्युनतम सेवा मापदण्ड पुरागरी ९४ प्रतिशत स्कोर प्राप्त गरेर झापाकै उत्कृष्ट भएको छ।

हल्दिबारी र जलथल स्वास्थ्य चौकीले पनि ८५ प्रतिशत स्कोर भन्दा माथी ग्रीन जोनमा रहेर उत्कृष्ट भएका छन् । मानविय जीवन र मृत्युसंग सरोकार रहेको स्वास्थ्य क्षेत्र पनि बिकासको मुल आधार मानेर हल्दिबारी गाउँपालिकाले स्वास्थ्य चौकिलाई उच्च प्राथमिकता दिएको छ।

स्वास्थ्य कार्यालय झापाको आयोजनामा, स्वास्थ्य कार्यालय झापा प्रमुख रमेश बाह्रकोटी सहितको उपस्थितिमा  झापा जिल्ला भरिका स्वास्थ्य शाखा प्रमुख तथा स्वास्थ्य चौकी प्रमुखहरुको अवलोकन तथा अनुभव आदान प्रदान गर्ने भ्रमण कार्यक्रम २ दिन भएको थियो ।

उच्चतम् अंक प्राप्त गर्ने गोलधाप स्वास्थ्य चौकीमा एक कार्यक्रम बिच हल्दिबारी गाउँपालिका अध्यक्ष रबिन्द्र लिङ्देन, वडाध्यक्ष ब्यबस्थापन समिति सदस्य, स्वास्थ्य कार्यालय प्रमुख, कर्मचारिहरु, स्वास्थ्य शाखा हल्दिबारी, गोलधाप स्वास्थ्य चौकी स्वास्थ्यकर्मीहरु बिचमा अन्तरक्रिया गरी सबैले न्युनतम सेवा मापदण्ड अनुसार गुणस्तरीय  स्वास्थ्य  सेवा प्रदान गर्न सवैले प्रतिबद्धता समेत ब्यक्त गरेका थिए ।